४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

एकीकृत समाजवादीले भन्यो- विदेशीको चलखेल बढ्यो, आर्थिक अवस्था झन खस्किँयो (दस्तावेज)

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको राजनीतिक क्षेत्र अनिश्चययात्मक परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको काठमाडौंमा सम्पन्न दुई दिने केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा ‘मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको छ। यसरी राजनीतिक क्षेत्रमा एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको उल्लेख छ ।

एकीकृत समाजवादीले मुलुकको आर्थिक अवस्था झनझन खस्किँदै गएको, सबै आर्थिक सूचकांकहरु नकारात्मक र निराशाजनक रहेका पनि बताएको छ । ..‘चालु आर्थिक वर्षको जेठ महिनासम्ममा आयात १७ खर्ब ६३ अर्ब भएको छ भने निर्यात १ खर्ब ५८ अर्बको मात्र भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विदेशी मुद्राको संचिति घट्दै गएको छ। सरकारको पुँजीगत खर्च लक्ष्यभन्दा ज्यादै न्यून छ।’

सत्ता साझेदार एकीकृत समाजवादीले महँगी आकासिँदा सर्वसाधारण जनता आक्रान्त भएका, आयातमुखी र उपभोक्तावादी प्रवृत्तिले आर्थिक–समाजिक जीवन संकटग्रस्त बन्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

दस्तावेज

 

प्रतिक्रिया सबै