zoom meeting join a meeting online ok - zoom meeting join a meeting online ok free download program zoom meeting why my zoom app is showing incorrect password na zoom meeting join zoom meeting zoom meeting app windows 10 zoom offline download for pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

पहिरोले तानसेन-तम्घास सडक अवरूद्ध

 बुधबार, असार १५ २०७९  

काठमाडौं । अविरल वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । मंगलबारदेखि आएको वर्षापछि पहिरोका कारण तानसेन-तम्घास सडक अवरूद्ध भएको छ ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेका छैनन् ।

बुटवल-तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैन् ।

हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ । पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया सबै