८ मंसिर २०८०, शुक्रबार Friday 24 November, 2023

पहिरोले भालुवाङ-प्युठान सडक अवरुद्ध

 बुधबार, असार १५ २०७९  

काठमाडौं । भारी वर्षाका कारण पहिरोले प्युठानको सरुमारानी गाउँपालिका-४ मा सडक अवरुद्ध भएको छ ।

अँधेरीखोला, पाँकुरी खोलामा लेदो माटोसहित झरेको पहिरोले गए रातिबाट भालुवाङ-प्युठान-रोल्पा जाने आउने बाटो प्रभावित भएको हो । प्युठान-भालुवाङ सडकखण्डअन्तर्गत पर्ने उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

प्युठानकै माण्डवी गाउँपालिका-५ चेरेनेटामा पनि गए राति २ बजे झरेको लेदो माटोसहितको पहिरोले सडक अवरुद्ध भएको प्रहरीचौकी बड्डाडाँडाले जनाएको छ ।

 

 

प्रतिक्रिया सबै