१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

राष्ट्रिय धान दिवस (तस्विरहरु)

 बुधबार, असार १५ २०७९  

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज पनि देशभर मनाइँदै छ । विशेष गरी खेतमा काम गरेर दही च्यूरा खाएर यो दिवस मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

राष्ट्रिय धान दिवस

आज १९ औं राष्ट्रिय धान दिवस । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ । विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

असार १५ मै किन खाइन्छ दही चिउरा ?
असार १५ मा रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने चलन छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ ।

असार १५ मै किन खाइन्छ दही चिउरा ? पहिलेदेखि खाँदै आएको यो दिनमा विशेष दही चिउरा खाने गरिन्छ । असार १५ को सांस्कृतिक महत्व असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ यसकारण यसलाई विशेष दही चिउरा खाने दिन पनि भन्छि । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएको तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीको तर्क छ । अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन । बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् ।

परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरुप दहीचिउरा खाने चलन रहेको संस्कृतिकर्मीहरु बताउँछन् । ‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने चलन भएको । रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व छ । दही चिउरा पौष्टिक आहार पनि भयो । धेरै समय लाग्ने गरी दहीचिउरा अरु खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व छ ।

 

तस्विर श्रोत : केशव गुरुङ, मदन राई, सामाजिक सञ्जालबाट साभार

प्रतिक्रिया सबै