zoom hack download pc free zoom download for windows 10 free download zoom.com join zoom meeting online with password - join zoom meeting online with password unh zoom download what zoom should i download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

सरकारले महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गर्ने

 बुधबार, असार १५ २०७९  

काठमाडौं । सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिए ।

वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको उनले बताए ।

देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया सबै