१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

आज नेताहरु हिलोमा रमाउन खेतामा जान सक्ने अवस्था छैन् : महामन्त्री

 बुधबार, असार १५ २०७९  

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मल अभावका कारण असार १५ मा हिलोमा रमाउन नेताहरु खेतामा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रतामा मिथ्या समाचारको प्रभाव’ विषयक कार्यक्रममा उनले किसानले मल पाउन नसकेको विषयमा असन्तुष्टि व्यक्त गरे ।

‘अहिलेको सरकार बन्नुभन्दा अघि पनि मल यस्तै अभाव थियो । हाम्रो पार्टी सभापति प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रधानमन्त्री भएपछि यति हजार मेट्रिक टन छ, यति हजार मेट्रिक टन आवश्यक छ , त्यसबेला पनि भनिएकै हो,’ उनी भन्छन् ।

असार १५ मा हिलोमा रमाउने भनेर अहिले खेतमा पसिसक्ने स्थिति नभएको उनले बताए । ‘आज असार १५ गते दही चिउरा खाने दिने हो । खेतमा हिलोमा रमाउने दिन । तर हिलोमा रमाउने भनेर अहिले खेतमा पसिसक्ने स्थिति छैन । किसानले च्याप्प समातेर हिलोमा रमाउन आउनुभएको नेताजी ? मल खै ? भने जवाफ के दिने ?,’ उनको प्रश्न छ ।

अहिलेको सरकारले प्रधान विषयमा राम्रो काम गरेपनि यस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । यस्तै शर्माले भ्रामक र गलत सूचनाले मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको बताए । ‘सत्यको मुख थुनिँदा मिथ्याको मुख खुल्छ । त्यसैले सत्य कुरा सबैले एकैपटक बोल्नुपर्छ । अहिले भ्रामक सूचना यतिसम्म खतरनाक छ कि यसले कतिपयको ज्यान लिइरहेको छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको छ । अब हरेक मान्छेले कुन सूचना सही छ र कुन गलत छ भनेर छुट्ट्याउन सक्नुपर्छ ।’

‘कहिले पानीजहाज भनेको छ, कहिले केरुङबाट काठमाडौं रेल आउँछ भनेको छ । नेताहरूले यस्तो योजनालाई भोट तान्नका लागि प्रयोग गर्न सक्छन्, तर व्यवहारमै त्यो कति सम्भव छ ? त्यो बुझ्नु जरुरी छ,’ उनले भने, ‘मलाईचाँहि कहिल्यै केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन ।’

प्रतिक्रिया सबै