iu zoom download zoom pc download windows 10 zoom cloud meeting app download for pc latest version zoom client app download zoom hack download for pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

एकै नम्बर प्लेटका दुई मोटरसाइकल : एकजना चालक ट्राफिकको सम्पर्कमा

 बुधबार, असार १५ २०७९  

काठमाडौं । काठमाडौंको गौशालास्थित सडकमा ट्राफिक जाम भएको अवस्थामा दुई मोटरसाइकलको नम्बर एउटै भएको पाइएको छ ।

बुधबार जाममा दुई मोटरसाइकल एकै ठाउँमा रोकिँदा दुवैको नम्बर प्लेट वाग्मती प्रदेश ०२ ०२२ प २३८० भएको पाइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले खबर पाएलगत्तै अनुसन्धान थालिएको बताएका छन् ।

यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर एउटा मोटरसाइकललाई ट्राफिक प्रहरीले सम्पर्कमा ल्याएको छ । बजाज पल्सर मोटरसाइकलको नम्बर यातायात व्यवस्था कार्यालयबाट जारी भएको सक्कली नम्बर भएको पुष्टि भएको छ । ‘एकजना चालकलाई सम्पर्कमा ल्याएका छौं’ एसपी शर्मा भन्छन्-‘अर्को मोटरसाइकललाई खोजिरहेका छौं ।’

प्रतिक्रिया सबै