zoominfo pricing list zoom school app download cloud zoom responsive download free installation of zoom basic zoom download download zoom 4.6.8 download zoom math 200 free
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः निरन्तरता

 बुधबार, असार १५ २०७९  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । असार १५ गते अर्थात आजदेखि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने भएको हो । यसअघि त्रिवि शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी दिएको थियो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले अस्पताललाई पत्राचार गर्दै बीमा सम्बन्धी समस्यालाई सम्बोधन गर्न बीमा बोर्डले प्रक्रिया अगाडि बढाएको जानकारी दिएकाले बीमा कार्यक्रम सुचारु गरिएको बताए । बोर्डले बीमा रकम सोधभर्ना पठाउने भनेर पत्राचार गरेपछि सबै कार्य पूर्ववत् गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया सबै