१३ आश्विन २०८०, शनिबार Saturday 30 September, 2023

हैजा के हो ? कसरी बच्ने ?

 बुधबार, असार १५ २०७९  

हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाका कारण हुने सरुवा रोग हो । भिब्रियो कोलेराले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ । यो जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।

हैजा लागेपछि धेरै पटक चौलानी पानीजस्तो पातलो दिसा र वान्ता भइरहन्छ । यो वर्षायाम तथा गर्मीमा बढी हुने गर्छ । हैजाको संक्रमण फैलने प्रमख कारक दुषित पानी हो । हैजा लागेको व्यक्तिको वान्ता र दिशापिसाबाट यो रोग सर्छ ।

लक्षण

लगातार पातलो दिसा र वान्ता भइरहनु ।

दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु ।

वान्ता समेत पातलो चौलानी रङ जस्तो आउन थाल्नु ।

शरीरको तापक्रम घट्नु ।

रक्तचाप घट्नु ।

शरीरमा पानीको कमी हुनु, तिर्खा लागिरहनु ।

पानीको कमीका कारण पिसाब कम हुनु ।

पेट तथा खुट्टाका मांसपेशी बाउडिने ।

श्वासप्रश्वासको गति बढ्ने, कमजोरी महसुस हुने, रिङ्गटा लाग्ने

रोकथामका उपाय

पानी राम्ररी उमालेर मात्रै पिउने ।

खाना खानुअघि र दिसा गरेपछि साबुनले हात धुने ।

घर वरिपरि किटनासक औषधि छरी सफा राख्ने ।

बासी, सडेगलेको र खुला राखिएका खानेकुरा नखाने ।

बिरामीको दिशा पिसाब तथा वान्तालाई घरबाट टाढा सुरक्षित स्थानमा गाड्ने ।

जथाभावी दिशापिसाब नगर्ने, चर्पी नभएमा खाल्डो खनेर दिसापिसाब माटोले पुर्ने ।

राम्रोसँग नपाकेका खानेकुरा नखाने ।

काँचै खाइने खानेकुरा राम्ररी पखालेर मात्र खाने ।

घरमै बनेको झोलीलो खानेकुरा, दालको रस, गेडागुडी प्रशस्त मात्रामा खाने ।

सरसफाईमा ध्यान दिने ।

हैजाको शंका लागेमा अस्पताल गइहाल्ने ।

प्रतिक्रिया सबै