free zoom download for windows 11 zoom download for pc free zoom meeting cloud app download for pc zoom app download.com zoom app discount code download zoom 5.6.4 zoom meeting login australia - zoom meeting login australia
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

 बिहिबार, असार १६ २०७९  

काठमाडौँ । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

‘रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ’, उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।’ मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।

प्रतिक्रिया सबै