zoom download softonic zoom free download app for pc download the free zoom app download free zoom meeting for windows download zoom app on windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

फिलिपिन्समा मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै

 बिहिबार, असार १६ २०७९  
{“caption”:”u0930u093eu0937u094du091fu094du0930u092au0924u0940u092f u091au0941u0928u093eu0935u0940 u0905u092du093fu092fu093eu0928u0915u093e u0915u094du0930u092eu092eu093e u0938u092eu0930u094du0925u0915u092eu093eu091d u092bu0930u094du0921u093fu0928u093eu0928u094du0921 u092eu093eu0930u094du0915u094bu0938 u091cu0941u0928u093fu092fu0930 u0964 u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले विजयी भएका थिए ।

उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एतिहासिक विद्रोहपछि फर्डिनान्ड मार्कोस सत्ताच्युत भएका थिए ।

मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो ४ बजे राजधानी मनिलास्थित राष्ट्रिय संग्रहालयमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

मनिलाको सर्वोच्च अदालतले कर छलीको अभियोगमा नयाँ राष्ट्रपतिलाई पदभार ग्रहण गर्न अयोग्य नभएको फैसला गरेको केही दिनपछि शपथ हुन लागेको हो ।

निर्वाचनमा निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका छोरी उपराष्ट्रपतिमा विजयी भएकी छिन् ।

प्रतिक्रिया सबै