१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् ।

बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै