zoom recording download link download and install zoom - download and install zoom download zoom join meeting zoom download windows download zoom for free on laptop download zoom for windows 8.1 why is my zoom showing connecting - why is my zoom showing connecting
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

वर्षाले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । वर्षाका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् ।

यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ । दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातायात सेवा बन्द छ ।

सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध संकलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर-लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर-चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।

प्रतिक्रिया सबै