८ आश्विन २०८०, सोमबार Monday 25 September, 2023

ओलीलाई भेट्न वामदेव गौतम बालकोटमा

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए ।

ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड-माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

‘त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लाग्नुभयो । अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन्’, ओलीको भनाइ थियो । गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् ।

प्रतिक्रिया सबै