४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कोरोना संक्रमण फेरि बढ्न थाल्यो, जिन सिक्वेन्सिङ गर्ने सरकारको तयारी

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यकमा संक्रमितको संख्या उच्च छ । असारका १५ दिनमा ४८५ जना कोभिड-१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकछ ।

जेठ ३१ गते ११ लाख १९ हजार ६२७ रहेको संक्रमितको संख्या असार १५ गते आइपुग्दा ११ लाख २० हजार ११२ पुगेको छ । यो अवधिमा ४० हजार ८५४ परीक्षण भएकामध्ये ४८५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका तथ्यांक अनुसार थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ५० प्रतिशतभन्दा कम छ, १५ दिनमा २१२ जना मात्रै संक्रमणमुक्त भएको छ । योसँगै असार १५ गतेसम्म सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ ।

कोरोनाका तीनवटा लहरमा नेपाल भारतका सीमा क्षेत्रमा धेरै देखिएको कोभिड-१९ संक्रमण यसपटक भने काठमाडौं केन्द्रित देखिन्छ । बुधबार मात्रै पनि देशभर थपिएका ६२ केसमध्ये ४५ जना काठमाडौंका संक्रमित छन्, योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १६१ पुगेको छ ।,

प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ताले छिट्टै सातै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने तयारी एनपीएचएलले गरेको बताए । केस बढ्दै गएपछि सिक्वेन्सिङ गरी कुन भेरियन्ट फैलिरहेको हो भन्नेबारे पत्ता लगाउन प्रक्रिया थालिएको गुप्ताको भनाई छ ।

प्रतिक्रिया सबै