९ फाल्गुन २०८०, बुधबार Wednesday 21 February, 2024

गौतमको दौडधूप, ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । गौतमले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए ।

बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । नेता गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् । आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

प्रतिक्रिया सबै