zoominfo engage training zoom login uk online free uk - zoom login uk online free uk zoom pc - zoom pc zoom client app pc - zoom client app pc install zoom on windows 11 latin fresh zoom download zoom free download for desktop zoom meeting join a meeting online ok - zoom meeting join a meeting online ok
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

नयाँ मन्त्रीलाई माधव नेपालको सुझाव- विकृतिमा नफस्‍नू, पार्टीको शिर उँचो राख्नू

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा सहभागी नयाँ मन्त्रीहरूलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले हालै नियुक्त मन्त्रीहरूलाई पार्टी कार्यालयमा सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

‘तपाईँहरूले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुनेगरी काममा खटिनुपर्छ । जसले गर्दा सरकारको इज्जत बढोस् त्यसका लागि पारदर्शीरूपमा काम गर्नुहोस्’, अध्यक्ष नेपालले भने ।

संविधान र कानूनविपरीत कुनै पनि काम नगर्न भन्दै नेपालले पार्टीको नीति, निर्देशनविपरीत नजान पनि ध्यानाकर्षण गराएका छन् ।

समाजवादीको तर्फबाट पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममा शेरबहादुर कुँवर र स्वास्थ्यराज्यमन्त्रीमा हिराचन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया सबै