भीषण र अभियन्ताको गीत ‘ए छोरी, ए बाबा’ सार्वजनिक (भिडियो)
बिहिबार, असार १६ २०७९

काठमाडौं । गायक तथा संगीतकार भीषण मुकारुङ र उनका छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।
गायनमा सक्रिय अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । उमेरले अभियन्ता सात वर्ष भइन् । यसअघि अन्य गायिकाहरुको गीतमा कभर भर्सनमा रेकर्ड गराएपनि यो भने उनको आफ्नै पहिलो गीत हो। गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् ।
भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकड्समा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।
प्रतिक्रिया
सबै