कविता : हल्ला चलिरहन्छन् !

त्यो पल, त्यो साँझ
झ्याउकिरीले गिज्याइरहेका थिए
मानव सर्मको बार्दलिमा
मानवताको चेतनालाई
दानवताको पर्खालले कहाँ छेक्न सक्छन्
स्वीकारछौं ! मानव, मन, मस्तिष्क किन गुमाउँछौं !
नेतृत्वले गलत निर्णय लिँदा
बन्दै गरेको सत्ता गुम्छ
फेरी पनि घमन्डी बन्छौं
गुम्नु नै हो अनि सबैलाई गुमाउनु नै हो
जनताकोबीच, दुनियाँकोबीच
नौटङ्की पाठ, उदाङगै बनायौँ
गलत साबित हुनु
यो देशमा चोरहरुको प्रस्थान विन्दु हुनु
ट्रातास्कीहरु, सुस्चेवहरु हुनु
सलवलाई रहेका हुनु
सर्ममा पार्यौं कि भ्रममा पार्यौं
कुन दर्शन यो समाजले के पढीरहेका छन् ?
भावी पुस्ताले समिक्षार्थ गर्ने नै छ
खेस्रा खेस्रा केलाउने
शिक्षितहरुको हो
माओ जस्तो, लेलिन जस्तो बन्नुपर्छ
यो भूमिलाई सम्झेर, यो भुगोलको र
माटोको लागि युद्ध चलिरहन्छ
ठीक बाटोको लाइनले कहिल्यै हार्दैनन्
मञ्चन भइरहन्छन्
जनता सत्यको सच्चाइमा हुन्छन्
हल्ला चलिरहन्छन् !
अरुण दोभान, उदयपुर