१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

सरुवा रोगको जोखिम बढेसँगै रोकथामका लागि पूर्व तयारीमा जुट्न अस्पताललाई निर्देशन

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरुवा रोगको जोखिम बढेपछि रोकथामका लागि पूर्व तयारी थाल्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै रोकथाममा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ-आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न पनि अस्पतालहरुलाई भनिएको छ ।

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (पीएचईओसी) सँग सवन्वय गर्न पनि भनिएको छ । अहिले हैजा, झाडापखालासँगै कोरोना भाइरसको सङ्क्रमणका बिरामी बढ्दै छन् ।

मन्त्रालयले सरुवा रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ । खाना खानुअघि र दिसा गरेपछि साबुन पानीले हात धुन तथा मास्क लगाएर मात्र हिँडडुल गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया सबै