१४ फाल्गुन २०८०, सोमबार Monday 26 February, 2024

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा ?

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो ।

मोहन श्रेष्ठअनुसार बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुने छ। बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने श्रेष्ठले बताए ।

प्रतिक्रिया सबै