४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

अमेरिकामा गोली चल्दा ९ जना घाइते

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोली काण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो ।

गोलाबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६ः२० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।

घटनाबारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानुन लागू भएको थियो ।

प्रतिक्रिया सबै