९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

आज सुनको मूल्य तोलामा २ सयले घट्यो

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया सबै