४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कैलालीको गौकन्द्री खोलामा एक बालकको शव भेटियो

 शुक्रबार, असार १७ २०७९  
पोस्टमार्टमका लागि बालकको शव अस्पताल लैजाँदै ।

काठमाडौं । कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका १९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।

परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार खोलाले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन् । तर, शुक्रबार बिहान उनी बेपत्ता भएकै स्थानमा खोला किनारमा भेटिएका हुन् ।

बालकको शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया सबै