zoom free download for pc zoom chime sound effect download zoom installation free zoom 2019 version download zoom filter download free
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुई विधेयक ‘फास्ट ट्रयाक’मा पारित

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक ‘फास्ट ट्रयाक’मा पारित भएको छ । आइतबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

कोरोना भाइरसको महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन् गर्न वर्तमान सरकारले विधेयक ल्याएको हो । सामान्यतया विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल गरेर दफावार छलफलका लागि विषयगत समितिमा पठाउने अभ्यास छ । तर, यी तीन वटै विधेयकलाई भने राष्ट्रिय सभाले सभामै दफावार छलफल गरेर पारित गरेको हो ।

संसदको चालु अधिवेशनको अवधि कहिलेसम्म जान्छ भन्ने यकिन नभएकाले फास्ट ट्रयाकमा पारित गरेर प्रतिनिधिसभामा पठाइएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । राष्ट्रिय सभाबाट पारित औषधि (तेस्रो संशोधन) विधेयकमा कोरोना भाइरस महामारीको समयमा आपत्तकालीन औषधि प्रयोग गर्ने सम्बन्धी व्यवस्था छ ।

आपत्तकालीन औषधि प्रयोग गर्दा पनि त्यो गुणस्तरीय र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको हुनुपर्ने भनी नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र कांग्रेसका सांसद प्रकाश पन्थले संशोधन प्रस्ताव हालेका थिए ।

स्वास्थ्यमन्त्री खापुङले सांसदद्वयको माग अनुसार कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि दुबै सांसदले संशोधन फिर्ता लिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयकमा भने तीन समुहमा ९ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो ।

नेकपा एकीकृत समाजवादीका सांसद भुसाल, कांग्रेसका सांसद प्रकाश पन्थ, नेकपा माओवादी केन्द्रकी गंगा कुमारी बेलबासेले विधेयकले स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्य संस्थाको सुरक्षाको विषयमा विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिए । साथसाथै एम्बुलेन्स र शवबाहनको सुरक्षा र क्षति रोक्नुपर्ने भनी आफूहरुको संशोधन रहेको भनी स्वीकार गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया सबै