राष्ट्रपतिको हातमा झाडु !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् ।
सुभारम्भको क्रममा राष्ट्रपतिले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरेकी छन् । परम्पराअनुसार रथ सुभारम्भ गर्नुअघि सफाइ गर्नुपर्ने भएकोले राष्ट्रपति भण्डारी आफैले झाडु लिई सफाइ गरेकी हुन् ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी हुन् । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए ।
पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिए ।
सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहरका बिभिन्न भाग परिक्रमा गरी आज साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने आयोजकले बताएका छन् ।