९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

मन्त्री फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने कुनै पनि निर्णय भएको छैन : उपेन्द्र यादव

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ मन्त्री सिफारिस गर्ने कुनै निर्णय नगरेको बताएका छन् ।

जसपाले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला नियोजित भएको उनले बताए । ‘हामीले मन्त्रीहरूलाई फिर्ता बोलाएका पनि छैनौँ, नयाँ मन्त्री सिफारिस गरेका पनि छैनौँ । कसले कहाँबाट यस्तो नियोजित हल्ला फैलाउँदै छ, मैले बुझ्न सकेको छैन’, ,’ अध्यक्ष यादवले भने ।

मन्त्रिपरिषद्मा हेरफेर गर्दा पार्टीभित्र छलफल गरेर मात्र निर्णय लिइने उनको भनाई छ । अहिले अमुक ठाउँबाट गलत नियतका साथ हल्ला चलाइएको उनले बताए । जसपाबाट मन्त्री बनेका कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले पनि फिर्ता हुनेबारे आफूलाई कुनै जानकारी नआएको बताए ।

जसपाबाट मन्त्री बनेकाहरू नै अध्यक्ष यादवविरुद्ध लागेको भन्दै उनीहरूलाई फिर्ता गरिने चर्चा केही दिनअघिदेखि नै चलेको थियो । अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने समझदारी भइसकेको छ ।

यो पनि

जसपा विभाजनको सँघारमा, अशोक राईले साथ छाडेपछि उपेन्द्रसँग विदा माग्दै बाबुराम भट्टराई

प्रतिक्रिया सबै