zoom 2 download app zoom zoom meeting download for pc windows 11 - zoom meeting download for pc windows 11 zoom uw download zoom meeting software free download download zoom for windows 10 32 bit
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

बुवा बन्न लागेको खबर सुनाउँदै प्रशान्त तामाङ भन्छन्- ‘म उत्साहित छु, नयाँ सुरुवात गर्न जाँदैछु’

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङले आफु चाँडै पिता बन्ने बताएका छन् । दुई कारणले यतिबेला आफु उत्साहित भएको भन्दै उनले यस्तो जानकारी दिएका छन् ।

पहिलो उनी अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ भने अर्को उनी चाँडै पिता बन्ने भएका हुन् ।

पत्नी मार्था एली गर्भवती भएको खबर सुनाउँदै प्रशान्तले ‘अर्को सुरुवात’ भएको बताएका हुन् । आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको उनले बताएका छन् ।

‘म उत्साहित छु । यो अर्को सुरुवात हो । म प्रेमको पर्खाइमा छु,’ प्रशान्त लेख्छन् । प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् । प्रशान्त अहिले भारतमै छन् र उनी चाँडै नयाँ फिल्मको लागि नेपाल आउने तयारीमा छन् ।

प्रतिक्रिया सबै