record meeting in zoom app download future zoom download zoom 4.6.9 zoom audio download zoom meeting joining 2019 - zoom meeting joining 2019 download free zoom on my laptop zoom versions download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटको ‘अवतार २’ लुक्स रिलिज

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले २६ वर्षपछि निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरेकी छन् । ‘अवतार’को दोस्रो श्रृंखलाले हलिउडका यी दुई हस्तीलाई सँगै ल्याएको छ ।

‘अवतार : द वे अफ वाटर’ पुस १ गते नेपालमा रिलिज हुँदैछ । हलिउड म्यागजिन ‘द अम्पायर’मार्फत निर्माताले केट विन्सलेटको अवतार लुक्स सार्वजनिक गरेका छन् । म्यागजिनले अवतारको विशेष संस्करण समेत प्रकाशन गरेको छ ।

उक्त फस्टलुकमा केट तीखा दाँत र ठूला आँखावाली चरित्रमा प्रस्तुत छिन् । ठूलो निधार भएकी उनले कसैप्रति रिसाएर क्रोध व्यक्त गरिरहेको देखिन्छ ।

आफ्नो चरित्रबारे म्यागजिनसँग कुरा गर्दै केटले भनेकी छन्, ‘उनी एक बफादार र निडर कमान्डर हुन् । एक योद्धाजस्तै उनी बलियो छिन् । खतराको बीचमा पनि उनी आफ्ना मानिस र बच्चासँगै हुन्छिन् । आफूलाई प्यारो लाग्ने कुराको लागि उनी लड्छिन् ।’ अभिनेत्री विन्सलेटले यसअघि क्यामरुनसँग टाइटानिकमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया सबै