zoom pc download windows 11 - zoom pc download windows 11 download zoom share zoom enable no download zoom app for windows 11 64 bit zoom para pc gratis online cca.zoom.us/download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

नेपाली मोडल अञ्जली र ज्याकलिन फर्नान्डिज एउटै फिल्ममा

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’मा अभिनय गरेकी छन् ।

इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको छायांकन सुरु भएको छ । सुटिङ सेटबाट प्राप्त तस्बिरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । आइएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ ।

तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ । यो फिल्मले क्यामेरा अघि देखापर्ने र त्यसपछि रहेर काम गर्ने महिलाहरुको कथा भन्छ ।

यो फिल्ममा हलिउड फिल्म ‘सुसाइड स्क्वाइड’ अभिनेत्री क्यारा डेलभाइन, मार्सिया गे हार्डेनसहित एकदर्जन विश्वचर्चित कलाकार समावेश छन् । एक्सन, कमेडी र ड्रामा जानरामा फिल्म बनेको हो ।

ज्याकलिनसँग स्क्रिन सेयर गर्न पाएकोमा अञ्जलीले खुशि व्यक्त गरेकी छन् । उनको लागि यो वर्ष उपलब्धीमूलक रह्यो । यसैवर्ष उनले न्यूयोर्क फेसन विकमा प्रबल गुरुङको डिजाइनमा र्‍याम्प नाप्ने अवसर पाएकी थिइन् ।

 

 

 

प्रतिक्रिया सबै