६ जेष्ठ २०८१, आईतवार Sunday 19 May, 2024

भारतको मणिपुरमा भग्नावशेषमा पुरिएर मृत्यु हुनेको सङख्या १८ पुग्यो

 शनिबार, असार १८ २०७९  

मणिपुर। भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १८ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी १८ जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको ।

निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेसन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो।

भारतीय रेलवे, नागरिक प्रशासन, एनडिआरएफ, एसडिआरएफ र नोनी जिल्लाका स्थानीय खोजी कार्यमा जुटिरहेको छन्। पहिरोमा परी ५० भन्दा धेरै बेपत्ता भएको अनुमान गरिएको छ।

प्रतिक्रिया सबै