धम्क्याएर रकम असुल गर्न खोज्ने २ जना पक्राउ
शनिबार, असार १८ २०७९

काठमाडौैं । मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ६ का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् ।
प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका ३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोन मार्फत धम्की दिई रकम माग गरेका थिए ।
शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालिका(६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाल ऋषिदेवलाई पक्राउ गरेको थियो ।
त्यसपछि उनकै वयान अनुसार गणेशकुमार कार्कीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सबै