zoom app marketplace permissions - zoom app marketplace permissions zoom cloud meetings free download download zoom cloud meeting windows 10 zoom meeting login join meeting online - zoom meeting login join meeting online zoom installation free - zoom installation free
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

अभिनेत्री मिरुना मगरको सात तस्विर

 शनिबार, असार १८ २०७९  

काठमाडौं । अभिनेत्री मरुना मगरले चलचित्र ‘लालपुर्जा’बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । हङकङमा जन्मिएकी मिरुनालाई २ बर्षको उमेरमा आमा शशी थापा सुब्बाले धरानमा ल्याइएकी थिइन् । उनी १२ बर्षसम्म धरानमै हुर्किइन् । हाल स्थायी बसोबास भने बेलायतमा छ । उनका पिता बेलायती नागरिक र आमा नेपाली हुन् । मिरुना २०७२ सालको भूकम्पपछि समाजसेवाको उद्देश्यले नेपाल आएकी थिइन् ।

नेपालमा जुन संस्थासँग काम गर्न नेपाल आएकी थिइन् तर त्यो संस्थाले वेवास्ता गरेपछि मिरुना समयको सदुपयोग गर्न अभियन सिक्न थालिन् । तीन महिने कोर्स पूरा गरिन् । कोर्सको अन्तिममा उनको ब्याचले नाटक देखाउनुपर्थ्यो । मिरुनाका साथीहरूले ‘कथादेश ३’ निर्माण गर्ने भए । उनी लण्डन जाने कि नेपालमै बसेर नाटकमा अभियन गर्ने भन्ने दोधारमा परिन् । अन्ततः छुट्टी लम्बाउने निर्णय गरिन् । मिरुनाको यो निर्णणले उनलाई नेपाली फिल्म क्षेत्रमा ल्यायो ।

मिरुनाकी आमा पनि नाट्यकर्मी हुन् । आमाले सानैदेखि नाटक देखाउने ठाउँमा सँगसँगै लैजाने गर्दथ्यो । मिरुनालाई त्यसको गहिरो छाप पर्दै गएको थियो । आमासँगै प्रहरी कार्यालय, अड्डा अदालत, नाटकघर, कविगोष्टीमा गएको सम्झना मिरुनालाई छ । बेलायत पुगेपछि उनले फरक संस्कृति र परम्परामा रुझ्नुपर्‍यो । त्यसले मिरुनालाई थप सिक्ने वातावरण दियो । नेपालमा फिल्म क्षेत्रमा जम्न थालेकी मिरुना समाजशास्त्रमा स्नातक गरिेकी छन् । उनले अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर्स गरेकी हुन् । उनले अभियनय गरेका कतिपय फिल्म लकडाउनका कारण प्रदर्शनमा पनि आएका छैनन् । तर उनको माग बढ्दो छ ।

उनलाई ‘लालपुर्जा’ मा अफर आएको हो । यो चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न सकेन । ‘लालपुर्जा’पछि उनले ‘रोज’, ‘साइनो’ ‘चचहुईं’ लगायतका चलचित्रमा काम गरिन् । तर, यी सबै चलचित्रले बक्स अफिसमा खासै सफल्ता लिन सकेन । मिरुनाले हाल ‘कबड्डी ४’बाट पहिलोपटक सफलताको स्वाद चाखेकी छन् । यससँगै करिअरले नयाँ गति लिने आशा पनि उनले राखेकी छन् ।

नेपाली चलचित्रको ईतिहासमा बेग्लै छाप बसाउन सफल चलचित्र कबड्डीको सिरिज ‘कबड्डी-४’ नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय देशका हलहरुमा प्रदर्शन भइरहेको छ । राम्रो प्रतिक्रिया पाइरहेको ‘कबड्डी ४’ले सातासम्म घरेलु बक्स अफिसमा नयाँ नयाँ रेडर्क कायम गर्न सफल बन्यो ।

कबड्डी-४ का अभिनेत्री मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । अहिले उनीहरुबीच मिलापत्र भएको छ । अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त पनि गरिन् ।

आफ्नो फेसबुकमार्फत मिरुनाले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी हुन् । ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै उनले भनेकी छन्,– ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

यो पनि

समाजसेवा गर्न नेपाल आएकी मिरुना कसरी बनिन् नायिका ?

प्रतिक्रिया सबै