zoom installation failed error 1005 zoom pc download free zoom meeting joining 2013 - zoom meeting joining 2013 why pcr test takes time zoom immersive download zoom pc versi terbaru zoom download in india download for windows-zoom
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

निजगढ पुगेर प्रचण्डले भने- ‘निजगढ विमानस्थलको योजना गेम चेन्जर ड्रीम प्रोजेक्ट हो’

 शनिबार, असार १८ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन् ।

शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेर प्रचण्डले भने, ‘निजगढमा एयरपोर्टको सम्बन्ध फास्ट ट्र्याक (काठमाडौं-मधेस द्रूत मार्ग) सँग पनि छ । यो विमानस्थल निर्माण नहुने हो भने अर्बौं लगानी गरेको फास्ट ट्र्याकको ‌औचित्य हुने छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको योजना गेम चेन्जर ड्रीम प्रोजेक्ट हो, यो अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने योजना हो ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै छलफल र अध्ययनपछि छनोट गरिएको उनको भनाई थियो । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ अर्ब लगानी भइसकेको पनि बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमा तत्कालका लागि २ रनवे रहेको विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् ।

निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएको क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू शनिबार बिहान बारा पुगेका थिए ।

यो पनि

‘नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक छ’

प्रतिक्रिया सबै