free zoom app for windows join zoom meeting with id & password protect zoom download win 10 zoom teamviewer download zoom pc app exe download - zoom pc app exe download speaker not working on zoom windows 10 - speaker not working on zoom windows 10 install zoom for all users windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

हिमालयन हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

 आइतवार, असार १९ २०७९  

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५ असारदेखि निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै, ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आज बैकिङ समय अवधिभित्र आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया सबै