१० फाल्गुन २०८०, बिहीबार Thursday 22 February, 2024

अभ्यास खेलमा नेपाल र ओन्टारियो भिड्दै

 आइतवार, असार १९ २०७९  

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दै छ । खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपाली टिमले क्यानडाको ओन्टारियो क्लबविरुद्ध ट्वान्टी-२० खेल खेल्न लागेको हो । गएको शुक्रबार भएको एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।

क्यानडासँगको शृंखलाअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानडा बसाइका क्रममा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास शृंखला खेल्नेछ । क्यानडा र नेपालले यही जुलाई ४ र ५ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया सबै