४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

काठमाडौं ५ बाट रन्जु दर्शनाले चुनाव लड्ने

 आइतवार, असार १९ २०७९  

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्,‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।’

दर्शनाले विवेकशील पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिरहेकी छन् ।

 

प्रतिक्रिया सबै