९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

चीनमा क्रेन डुब्दा २७ जना बेपत्ता

 आइतवार, असार १९ २०७९  

काठमाडौं । चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् ।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा ‘चाबा’ नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ ।

बेपत्ताहरूको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् । विज्ञप्तिअनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

 

प्रतिक्रिया सबै