zoom app offline installer for pc download future zoom how do i update my zoom app on my computer download latest zoom app join zoom meeting download cosmic zoom download zoom pro account download teams zoom app
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

केएमसी स्कुलमा कर्मचारीको मृत्युले तनाव

 आइतवार, असार १९ २०७९  

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर तनाव भएको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।

घटनाको अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीको भनाई छ ।

प्रतिक्रिया सबै