४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

माओवादी केन्द्रको बैठकमा यी ९ एजेण्डामा छलफल

 आइतवार, असार १९ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृहमा भर्खरै सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् ।

बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ ।

यस्ता छन् केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू

१. सहिदहरूप्रति श्रद्धाञ्जली

२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

६. संगठनात्मक विषय र संरचनाबारे

७. स्थानीय निर्वाचनको समीक्षा

८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

९. विविध

प्रतिक्रिया सबै