४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

पाँचथरमा पहिरोले ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

 आइतवार, असार १९ २०७९  

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।

पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।

पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै