प्रचण्डको १० बुँदे राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले १० बुँदे प्रतिवेदन गरेका हुन् । प्रतिबेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ ।
प्रचण्डले प्रतिवेदनमा वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको बारेमा पनि केहि उल्लेख गरिएको छ । आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् । बैठकमा प्रचण्डले यि सबै विषयमा सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले खुलारुपमा आफ्नो भनाइ राख्न सक्ने बताए ।
गठबन्धनप्रति कांग्रेस स्वार्थी देखियो
यस्तै प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए । कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको प्रचण्डले बताए ।
प्रचण्डले कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागेको बताए ।
‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ’ उनले भनेका छन् ।
कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक म तबदर भएको पनि प्रचण्डको भनाई छ । एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डले बताए ।
यस्तै प्रचण्डले जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताएका छन् । ‘यी तमाम कारणहरुका बाबजुद विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक मान्नुपर्छ’, प्रचण्डले भनेका छन् ।
विस्तृतमा