zoom laptop download zoom 64 bit windows download zoom cloud meetings windows download zoom us join meeting call in meeting - zoom us join meeting call in meeting download zoom recordings from link download free zoom deep zoom composer download brood war download vn zoom
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा एपीएफ अस्पतालको निरीक्षण (तस्विरहरु)

 आइतवार, असार १९ २०७९  

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गरेका छन् । उनले त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् ।

महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गरेका थिए । अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिएका हुन् ।

त्यसअवसरमा उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गर्नुभई जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका हुन् ।

प्रतिक्रिया सबै