पुतलीसडकमा आगलागी
आइतवार, असार १९ २०७९
काठमाडौं । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसड्कस्थित एक घरमा आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम घटनास्थलमा पुगेका छन् ।
आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टिम पनि परिचालन गरिएको छ । ३ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागीको कारण खुलेको छैन् ।
प्रतिक्रिया
सबै