१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

लुम्बिनीको दान पेटिका खोलियो, रकम गन्न ४ दिन लाग्ने

 आइतवार, असार १९ २०७९  

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीको दान पेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको स्रोत मानिने दान पेटिकामा जम्मा भएको रकम गन्न ४ दिन लाग्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दान पेटिका खोलिएको हो । दान पेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सीसीटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ ।

कोषाध्यक्ष भट्टराईले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दान पेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनुसार आइतबार एउटामात्रै दान पेटिका खोलिएको हो । चार वटा दान पेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने विकास कोषले जनाएको छ ।

विगतमा दान पेटिका पटकपटक चोरी हुने गरेकोमा अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको उनले बताए ।

प्रतिक्रिया सबै