zoom meeting app for pc cloud zoom gallery jquery free download zoom client download for windows 10 zoom app downloard download join zoom meeting zoom app internet speed requirements zoom app icon zoom b3 edit and share download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

बजेटमाथि छलफल गर्न मधेस प्रदेशसभा बैठक बस्दै

 सोमवार, असार २० २०७९  

काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९-०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया सबै