मोरङमा खाल्डोभित्र युवतीको शव
सोमवार, असार २० २०७९

काठमाडौं । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीया युवतीको पहिचान भने खुलेको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
सबै