४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

 सोमवार, असार २० २०७९  

काठमाडौं । अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो ।

यसअघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो । अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो ।

 

प्रतिक्रिया सबै