download zoom 5.8.0 download zoom 5.8.4 hack zoom app download apphax download zoom for hp install zoom client download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

श्रीलंकामा रित्तियो इन्धन भण्डार

 सोमवार, असार २० २०७९  

काठमाडौं । श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् ।

उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताएका हुन् । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् ।

देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको विजेसेकेराले पत्रकारहरूलाई बताए । जुन नियमत आपूर्ति भइरहेको स्थितिमा एक दिनलाई पनि नपुग्ने परिमाण हो ।

७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको थियो ।

मन्त्री विजेसेकेरालका अनुसार पेट्रोलियम पदार्थ आयतका लागि केन्द्रीय बैंकले १२ करोड ५० लाख डलर मात्र उपलब्ध गराएको छ । जब की श्रीलंकाले २ हप्तापछिका लागि मगाएको पेट्रोलियम पदार्थका लागि ५८ करोड ८० लाख डलर आवश्यक छ । श्रीलंकाले यसअघि नै ल्याएको इन्धनको ८० करोड डलर तिर्न बाँकी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया सबै