४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

सेनाको पत्रबारे छानबिन गर्न ओलीको माग

 सोमवार, असार २० २०७९  

काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले लेखेको पत्रबारे छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा यसबारे बोल्दै अध्यक्ष ओलीले पत्रमा मिति पछि लेखिएको बारे प्रश्न उठाउँदै संसदीय समितिमा गएका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पत्रमा मिति पछि लेख्ने चलन रहेको बताए । सरकारी पत्रमा मिति पछि लेख्ने चलन नै नभएको भन्दै ओलीले सेनाको आलोचना पनि गरे ।

‘यहाँनेर उल्लेख गर्नुपर्ने कुरा के छ भने सरकारीमा पछि हातले लेख्ने चलन हुँदैन। तर म प्रधानमन्त्री भएपछि पठाइएको पत्रको सत्यतथ्य बाहिर ल्याउनुपर्छ रु यस्तो प्रचलन हुन्छ र ?’, उनले प्रश्न गरे। सेनाले उक्त पत्र प्रधानमन्त्री र रक्षामन्त्रीलाई समेत नबताएर गल्ती गरेको बताए ।

‘कुनै प्रमाण सबुद छ भने गरिमामय संसदमा पेश गर्न सभामुखमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्दछु’, ओलीले भने, ‘लिक भएर बाहिर आएको मस्यौदा धेरै गम्भीर छ, यसले विदेशी सैन्य अड्डा, सैन्य इकाइ नेपालमा रहने, हिमाली भूभागमा सैन्य अभ्यास गर्ने, आवश्यकताअनुसार अड्डा बस्ने अवस्था आउनसक्छ।’ ओलीले एसपीपीमा स्थानीय सरकारले मागेको कुरा उपलब्ध गराउनुपर्ने हुँदा नेपाल सरकार बाध्यकारी स्थितिमा पर्ने बताए ।

‘नेपाली सेनालाई भन्दा उसलाई फरक व्यवहार गर्न नपाइने भन्ने कुरा बहुत गम्भीर कुरा हो। हाम्रो सार्वभौमसत्तालाई खलबल बनाउने, म्युजिकल चेयरमा बस्नेजस्तो ख्यालठट्टा हो र ? यो कुरा भित्र–भित्र हुनसक्छ र ? यो कुनै गठबन्धनको विषय हुन सक्तैन’, उनले भने ।

 

प्रतिक्रिया सबै